
इलाम नगरपालिका ३, पाटेनागीमा फोटोग्राफर देवेन खरेलले खिचेको दुर्लभ चरा ।
इलाम। पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ ।
वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।
उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् ।