कचनकवल। युएनडिपी र कचनकवल गाउँपालिकाको ५०/५० साझेदारीमा वडा ५ स्थित डाँंगाबारीमा डिप बोर्डिङ गाड्ने कार्य सुरु गरेको छ।
साझेदारी कार्यक्रम अन्तर्गत उक्त स्थानमा फलफूल लगाइने भएपछि केही दिनदेखि डिप बोर्डिङ गाड्ने काम सुरु गरिएको हो।
गरिब तथा विपन्न भूमिहीन किसानहरूलाई लक्षित गरि भूमि जल तथा सिँचाइ आयेाजनाकाे करोडौं लगानीमा डिप बोर्डिङ गाड्ने परियोजना सञ्चालन भइरहेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिएका छन्।
उक्त साझेदारी कार्यक्रम अन्तर्गत पहिला त्यस स्थानमा फलफूलका बिरुवा लगाइने र पछि त्यहीँका स्थानीयलाई फलफूलका बिरुवा हेरचाह गरेबापत पारिश्रमिक पनि उपलब्ध गराइने हुँदा कचनकवल ५ डाँगाबारीका सयौँ कृषक परिवारले रोजगार पाउने उद्देश्य लिइएको राजवंशीले बताए।