कचनकवल। झापाको कचनकवल गाउँपालिका गाउँ कार्यपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि विकास शाखा मार्फत गाउँपालिकाको ७ वटै वडाहरूका कृषकहरूलाई लक्षित गरि माटो परिक्षण शिविर कार्यक्रम सञ्चालन गरिएको छ।
मंसिर १९ गते गाउँपालिकाले एक सूचना जारी गर्दै माटो शिविर सञ्चालन गरेको जनाएको हो। शिविर १५ दिनसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र सुमनद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
शिविरमा सहभागिता जनाउन इच्छुक कृषकलाई आफ्नो खेतबारीको माटोको नमुनासहित कृषि विकास शाखामा १५ दिन (२०८०/०९/०३) भित्र सम्पर्क राखी माटो परिक्षण गराउन सूचना मार्फत गाउँपालिकाले अनुरोध गरेको छ। माटोको पी.एच, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ तथा माटोको बनोटको परिक्षण हुने सूचनामा उल्लेख छ।