बुद्धशान्ति खेलकुद बिकास समितिद्वारा फुटबल खेलाडीलाई सम्मान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिले खेलाडीहरुलाई सम्मान गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा समितिका अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भवानी खतिवडाको विशेष आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

भर्खरै सम्पन्न भएको भद्रपुर झापा गोल्ड कपद्वारा आयोजित ओमसाई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा सहभागी भई दोस्रो स्थान गर्ने खेलाडी, टिम कोच, टिम मेनेजर लगायत जनप्रतिनिधिलाई खेलकुद समिति बुद्धशान्तिले सम्मानपत्र, खदा र नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख कमल निरौलाले सञ्चालन गरेका थिए भने स्वागत वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले गरेका थिए ।

कार्यक्रममा सात वटै वडाका वडा अध्यक्ष, कार्यपालीका सदस्य, खेलाडी, स्थानीय , कर्मचारी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *