Search
Close this search box.
Search
Close this search box.

लावती बचाऊ अभियान, युके र नेपालद्वारा संकलित ७ लाख बढी रकम हस्तान्तरण

झापा । विगत लामो समय देखि एसएलइ रोगबाट ग्रसित कुसुम लावतीको परिवारलाई ७ लाख बढि सहयोग रकम हस्तान्तरण गरिएको छ । कुसुम लावती लिम्बु बचाउ अभियान युकेबाट जम्मा भएको ६ लाख ८ हजार पाँच सय ९० रुपैयाँ र नेपालमा बाटोघरे कान्छा(पदम)को पहलमा संकलित २ लाख ८३ हजार ९ सय ७० रुपैयाँ गरि ८ लाख ९२ हजार पाँच सय ६० रुपैयाँ संयुक्त रुपमा बिरामीको दाई दल बहादुर लावतीलाईं हस्तान्तरण गरिएको हो ।

एसएलइ रोग (घामको प्रकाशबाट हुने छालाको क्यान्सर) बाट ग्रसित कुसुम लावतीको विगत लामो समय देखि निरन्तर उपचार गराउँदै आएको दाई दल बहादुर लावतीले बताए । कुसुम लावतीको स्वास्थ्यमा समस्या भए पछि थप उपचारका लागि बिराटनगर नोबेल अस्पतालमा उपचार गराई आंशिक स्वास्थ्यलाभ गरि डाक्टरको सल्लाह अनुसार घरमा नै आराम गर्नु पर्ने र केहि समय समयमा स्वास्थ्य परिक्षणको लागि जानु पर्ने सल्लाह अनुसार घरमा ल्याइएको थियो । तर बिरामी लावतीको गत मंसिर २१ गते बेलुका ७ बजे तिर मृत्यु भएको बिरामीका दाई दलबहादुर लावतीले बताए ।

EPIC EPIC

बिरामीको मृत्यु भए पनि मृतक कुसुम लावती लिम्बुको नाममा उठेको रकम उसैको परिवारलाई नै हस्तान्तरण गर्ने निर्णय अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का उपाध्यक्ष तथा हरप्रहरु न्यूजका प्रमुख प्रतिनिधि हरप्रहरकर्मी भुमिका फियाक लिम्बुले सो रकम बिरामीको घरमा नै पुगेर हस्तान्तरण गरेको हो ।

इलाम जिल्ला साविक लुम्दे १ हाल झापाको गौरादह ५ मा बसोबास गर्दै आफ्नो उपचार गराउदै आएका थिए ।

युकेमा कुसुम लावती लिम्बु बचाउ अभियान साविक लुम्दे ५ हाल युके निवासी गोरखा नेप्लीज वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा युके मगर संघका उपाध्यक्ष समेत रहनु भएका गंज आले मगर, गणेश आले मगर, झापा मेचीनगर घर भई युके निवासी गोरखा नेप्लीज वेलफेयर सोसाइटी युकेको साँस्कृतिक सचिव भक्ति आङदेम्बे, सामाजिक अभियान्ता रेशु फियाक आङदेम्बे, गीतकार, साहित्यकार तथा लेखक सन्त कुमार आङदेम्बे, युके निसावी सन्जु राना मगर, उषा लिङदेन लगायतको पहलमा सहयोग रकम संकलन गरि बिरामीलाई पठाइएको समाजसेवी गंज आले मगरले बताए ।

साथै बिरामी कुसुम लावती लिम्बुकाे उपचारकाे लागि भनेर देश तथा विदेशमा आफुले दुख गरेर कमाएकाे रकम सहयाेग स्वरूप उपचारकाे लागि उपलब्ध गराउनुहुने सम्पूर्णलाइ बिरामीका दाजु दलबहादुर लावतीले आभार व्यक्त गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *