बुद्धशान्ति। तीनतले सामुदायिक वन उपभोक्ता समुह बुद्धशान्ति १ झापाको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वन समितिका अध्यक्ष नन्दुयाफु राईको सभापतित्व तथा रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङवो(सुवास)को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । सभामा बुद्धशान्ति गाउँपालिका १ नम्बर वडाका वडाध्यक्ष अनिल वाग्ले, रोङ सव डिभिजन वन कार्यालयका प्रमुख होमचन्द्र गौतमको विशिष्ट आतिथ्यता रहेको थियो ।
सभामा अध्यक्ष राईले वनले गरेका गतिविधिको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा नमुना आधारभूत विद्यालय र त्रिभुवन माविका गरिव तथा जेहन्दार २–२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र नगद पुरस्कार वितरण गरिएको थियो ।
सभामा प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष स्याङवोले सामुदायिक वनले दिगो विकासका कार्यमा लाग्नुपर्नेमा जोड दिएका थिए । उनले वनजंगलकामे संरक्षण गर्दै मुहान संरक्षण, जलाधारको संरक्षणका साथै जरिवुटी खेती, मौरीपालन जस्ता कुराहरुलाई प्रोत्साहन गरि उपभोक्तालाई रोजगारीसंग जोड्न लाग्नुपर्ने बताएका छन् । उनले रोङको पनि जङ्गल भएकाले आगामी दिनमा सहकार्य गरि अघि बढ्ने बताए ।
विशिष्ट अतिथि वाग्लले आगामी दिनमा वडाले समेत वनलाई केही वजेट छ्ट्याएर अघि बढ्ने बताएका छन् । उनले तिनतले पर्यापर्यटन स्थल सहिद पार्कमा वन वाटिका निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले १९ लाख ९३ हजार बजेट छुट्याएको समेत बताएका थिए ।
सभामा पूर्व अध्यक्ष एवम् जग्गादाता भिमकुमार नेवारले समेत शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा उपाध्यक्ष पून्य बहादुर वरालले स्वागत गरेका थिएभने सञ्चालन सचिव छत्रकुमारी फुयलले गरेकी थिईन् । सभामा स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सरोकारवाल लगायतको उपस्थििति रहेको थियो ।
१ हजार ५ सय ३२ जना उपभोक्ता रहेको यस वनको क्षेत्रफल झापा र इलाम गरी ४ सय ३५ हेक्टरमा फैलिएको अध्यक्ष राईले पालिका सन्देशलाई बताएका छन् । उनले झापामा १५० हेक्टर फैलिएको बताए । वनले उपभेक्तालाई सहुलियत दरमा काठ, दाउरा दिनुका साथै वनजंगललाई थप विस्तार गर्न समयसमयमा बृक्षारोपण कार्यक्रम गर्दै आएको छ । आ.व २०८०/८१ का लागि बनले विभिन्न शिर्षकहरुमा ५२ लाख बराबरको बजेट समेत निर्माण गरेको छ । गरिबीन्यूनीकरणका लागि १९ लाख , बन बिकासका लागि १५ लाख बजेट छुट्याइएको अध्यक्ष नन्दयाफु राईले बताए ।