भोजपुरमा अन्तरपालिका स्तरीय पुरुष भलिबल खेल हुदै

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा मेयरकप आमन्त्रित अन्तरपालिका स्तरिय पुरुष भलिबल खेल हुने भएको छ ।

जिल्लाको स्थानिय टुडिखेलमा आगमी माघ ९ गते देखि १२ गते सम्मा भलिबल प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत बताईएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन, जिल्ला खेलकुद समितिको आयोजना तथा जिल्ला भलिवल संघ भोजपुरको प्राविधिक सहयोगमा माघ भलिवल प्रतियोगीता हुन लागेको हो ।
प्रतियोगितामा क्रमश प्रथम, दोस्रो र सेमी फाईनलमा पुग्ने टिमलो एक लाख, ५० हजार र २५÷२५ हजार सहित मेडल र प्रमाणपत्र पाउने खेल संयोजक संग्राम किरातले बताए ।
प्रतियोतिमामा सर्वोकृष्ट खेलाडीलाई नगत १० हजार, उत्कृष्ट स्पाईकरलाई ४ हजार, उत्कृष्ट सटरलाई ४ हजार, उत्कृष्ट लिभेरो ४ हजार, उत्कृष्ट सर्वर ४ हजार र उत्कृष्ट प्रशिक्षक ४ हजार प्रदान गरिने किरातीले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

खेलमा सहभागी हुन परिचय खुल्ने कागज ल्याउनु पर्ने छ । जसमा नागरिक्ता वा मतदाता नामवली परिचय पत्रमा भएको उल्लेखित ठेगानालाई मात्र मान्यता दिने बताईएको छ ।

उक्त प्रतियोगितामा १० टिमले मात्र सहभागी हुन पाउनेछन् भने सहभागी टिमलाई यातायात खर्च बापत प्रति टिम १० हजारका दरले प्रदान गरिने जिल्ला खेलकुद समितिका सचिव गेल्जेन शेर्पाले बताए ।प्रतियोगीताका लागि भोजपुर नगरपालिकाले नगत ५ लाख विनियोजन गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *