बनियानी। झापाको कचनकवल गाउँपालिकाले राष्ट्रिय भक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै पौष २९ गते (बिहीबार) स्थानीय बिदा दिएको जानकारी गराएको हो।
उक्त दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सम्पूर्ण सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पौष स २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् ।