कचनकवल। झापाको कचनकवल गाउँपालिका वडा नम्बर १, २ र ६ का स्थानीयलाई सुधारिएको चुलो वितरण गरिएको छ । तिन वटा वडाका बासिन्दालाई १ हजार ८ सय ३३ वटा चुलो वितरण गरिएको कचनकवल गाउँपालीका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकाका सबै वडामा करिब ५ हजार चुलो वितरण गर्ने लक्ष अनुरुप काम भैरहेको उहाँले बताउनु भयो ।
इन्भाइरोन्मेन्ट प्रोटेक्सन नेपाल चन्द्रनिगाहपुर, रौतहटको सहयोगमा उक्त सुधारिएको चुलो वितरण गरिएको गाउँपालीका उपाध्यक्ष भट्टराईले बताउनु भयो । अहिले तिनवटा वडाका स्थानीयलाई मात्र चुलो वितरण गरिए पनि पनि आगामी दिनमा अन्य सबै वडामा पनि वितरण गर्ने योजना रहेको उहाँले बताउनु भयो । पूर्व कोशी प्रदेशसभा सदस्य बसन्त बानियाँ र आफ्नो पहलमा सुधारिएको चुलो वितरण गरिएको गाउँपालीका उपाध्यक्ष भट्टाईले बताउनु भयो ।
एउटा सुधारिएको चुलोको बजार मुल्य ५ हजार ५ सय रुपैयाँ भए पनि ५ हजार ३ सय रुपैयाँ अनुदान उपलब्ध गराईएको र उपभोक्ताले २ सय रुपैयाँ मात्रै तिर्नु पर्ने उहाँले बताउनु भयो ।