भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन्।
ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताएका हुन्। जर्मनीबाट ६ लाख कार्ड आइपुगेको र फेरि ६ लाख ल्याइने उनले जानकारी दिए।
मन्त्री ज्वालाले भने, “आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौँ। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ।”