ड्युटीमा खटिएका प्रहरीमाथि किक प्रहार, संलग्न तीनजना पक्राउ

ड्युटी खटिएका प्रहरी जवानको टाउकामा ‘किक’ प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।ठमेल क्षेत्रमा मध्यराति मदिरा सेवन गरेर ड्युटी खटिएका प्रहरी जवानमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–५ घर भएका ३३ वर्षीय पदम राई, नुवाकोटको ककनी गाउँपालिका–४ घर भएका ३२ वर्षीय अजय लामा र धादिङको खनियाबास गाउँपालिका–५ घर भएका २८ वर्षीय सुवास र अनिल भनेर चिनिने जीन गुरुङ छन्।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरुले बर्दीमै रहेका प्रहरीको टाउकामा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएका थिए । उनीहरुले पुस ९ गते बिहानीपख ठमेलका सातघुम्तीस्थित १० एक्स क्लबको अगाडि प्रहरी जवान लोकबहादुर बुढामाथि आक्रमण गरेका थिए।

मदिरा पिएर हो–हल्ला गर्दै हिँडेको अवस्थामा हो–हल्ला नगर्न भन्दा उनीहरुले प्रहरी जवान लोकबहादुरको टाउकामै किक प्रहार गरेका थिए।हो–हल्ला गर्दै सार्वजनिक शान्तिमा खलल पुर्‍याएको र प्रहरीमाथि नै आक्रमण गरेको भन्दै तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *