युएई । युएई को शहर दुबईमा कोच राजबंशी समाज युएईको आयोजनामा सातौं राष्ट्रिय भाक्का दिवस यसपाली ऐतिहासिक रुपमा पहिलो पटक दुबईको समुन्द्रमा तात्तातो भाक्का बनाउदै क्रुजमा गत आइतबार भब्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिती एनआरएनए एनसीसी युएई उपाध्यक्ष मनोज कुमार सैजु, बिशिस्ट अतिथि, मंगोल समाज युएईका अध्यक्ष अमर धिमाल, थारु कल्याणकारी सभा महिला विभाग प्रमुख जानकी महतो, मनोज कुमार राजवंशी, जनप्रतिशिल मन्च युएई अध्यक्ष एवम् एनआरएनएका सल्लाहकार सदस्य बाबुराम बिक रहनुभएको थियो ।
सो कार्यक्रममा प्रमूख अथिती सैजुको हातबाट दीप प्रज्ज्वलन गरी कार्यक्रम समुउद्घाटन गरी शुरु गरिएको थियो । ‘सातौं राष्ट्रिय भाक्का’दिवसको उपलक्ष्यमा राजबंशी हरुको राष्ट्रिय परिकार भाक्का क्रुजमा नै पुनम राजबंशी, सबिना राजबंशी, ममता राजबंशीले उपस्थित सबैलाइ तातो तातो भाक्का बनाउदै साथमा अरु पनि विभिन्न भाक्का मा खान मिल्ने परिकार हरु माछा को ग्रेभी, धनिया खोर्शानी को अचार गरि बनाई साथ साथै भेज र ननभेज परिकारहरुको राम्रो प्रबन्ध गरिएको थियोे ।
कार्यक्रममा प्रमूख गायक आरके राजवंशी थिए भने कार्यक्रममा पुनम राजबंशी, मेनुका राजबंशीले, सबिना राजबंशी, ममता राजबंशीहरुले राजबंशी संगीतमा नित्य गरेर कार्यक्रम मा रौनक बढाएका थिए साथै अधिकतम राजबंशी समुदायको मौलिकता झल्किने भेष भुषा केटाहरुले धुती गन्जी र महिला हरुले पेटानी कामर कोष साथै गरगहना लगाएका थिए। कार्यक्रम बेलुका ४ बजेदेखी ७ बजेसम्म राखिएको थिए भने ११० भन्दा बढीको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न फिस्टेल ट्राभल्स एण्ड टुरिजमले आर्थिक सहयोग गरेको थियो, भने ममता राजवंशी,फाल्टु राजवंशी, पुनम राजवंशी, सरस्ती राजवंशी, सबिना राजवंशी, मेनुका राजवंशी, समिर श्रेष्ठ, जीवन तिमिल्सिना, अमित आडि, अमृत राजबंशी सीता राजवंशी, कमल राजबंशी, अनुराेध राजवंशी, प्रेम राजवंशी, प्रकाश राजवंशी, निशा राजवंशी र हरेस राजवंशीले विशेष साथ सहयोग गर्नुभएको थियो ।
कार्यक्रम भरत राजबंशीको सभाअध्यक्षतामा गरिएको थियो भने संचालन र सम्पन्न कोच राजवंशी समाज युएईका सचिव कविराज राजवंशीले गर्नु भएको थियो ।