काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछिको स्थितिका बारेमा आकलन गर्न सर्वदलीय बैठक बोलाएको छ।
आज अपरान्ह ४ बजे बस्ने सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई पनि बैठकमा बोलाइएको छ।
जनता समाजवादी पार्टी नेपालका नेताहरू र नेकपाका असन्तुष्ट समूहसँग कांग्रेसले आइतबार साँझ पनि छलफल गरेको थियो। उक्त छलफलपछि निर्वाचनमा सहभागी हुने कि नहुने निर्णय लिइनेछ।