बुधबारे जेसीजको एकै दिन दुई तालिम सम्पन्न

बुधबारे जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि एकै दिन दुईवटा तालिम संचालन गरेको छ । बुधबारे जेसिजमा आवद्ध नयाँ सदस्यहरुलाई जेसीज अभियानबारे बुझाउन Pre-Induction तालिम साथै पदाधिकारी तथा सदस्यहरुको भाषण कलाको विकासका लागि Effective Public Speaking तालिम संचालन गरेको छ ।

२५ जना सहभागी रहेको सो तालिममा बुधबारे जेसीज वर्ष २०२४ का बोडका पदाधिकारी, पूर्व अध्यक्षहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण गछिया जेसीज वर्ष २०२३ का अध्यक्ष (NLP Trainer, Life Coach) जेसी प्रदिप विष्टले सहजीकरण गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकस पोइन्ट कन्सल्टेन्सी बुधबारेका संचालक विशु भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने बुधबारे जेसीजका पूर्व अध्यक्षहरु जेसी नन्द कुमार याफू राई र सिनेटर मुकेश भट्टराईको विषेश अतिथ्यता रहेको थियो ।

बुधबारे जेसीज २०२४ का महासचिव जेसी गजुहाङ योङहाङ तथा उपाध्यक्ष जेसी सुरज दंगालले संचालन गरेको कार्यक्रमा कार्यक्रम संयोजक जेसी अनिल घिमिरेले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमा जेसीज आस्था पाठ कार्यकारी उपाध्यक्ष जेसी कुशल अधिकारीले गरेका थिए भने पूर्व अध्यक्षको तर्फबाट जेसी नन्द कुमार याफू राई तथा प्रमुख अतिथीले शुभकामना मन्तव्य राखेका थिए ।

बुधबारे जेसीजले वर्ष २०२४ मा जेसीज सदस्य तथा स्थानीय युवाहरुको क्षमता अभिवृद्धि गर्दै स्वदेशमा नै व्यवसाय संचालन गरिरहेका युवाहरुलाई प्रोत्साहन तथा व्यवसाय प्रर्वधनको कार्य अघि सार्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)ले कार्यक्रमको समापन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *