दीपेन्द्र लुईटेल भोजपुर ।भोजपुरको स्थानीय टुडिखेलमा भएको प्रथम मेयरकप अन्तर पालिका स्थतरिय भलिबल खेलको उपाधि दमक नगरपालिका हात पारेको छ ।
शनिवार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमै हराउँदै दमक नगरपालिका बिजेता बन्न सफल भएको हो ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालित प्रतियोगिताबाट बिजेता बनेको दमक नगरपालिकाले नगद एक लाख र उपबिजेता बनेको षडानन्द नगरपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि २५–२५ हजार पाएका छन् ।
drew allar jersey justin jefferson lsu jersey florida jersey kansas state football uniforms aiyuk jersey justin jefferson lsu jersey justin jefferson lsu jersey penn state jersey deuce vaughn jersey fsu jersey deuce vaughn jersey brandon aiyuk jersey penn state jersey florida jersey oregon ducks jersey
गत माघ १० गतेबाट संचालन भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठ वटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।