झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा रहेको तेह्रथुम पेट्रोल पम्पमा स्थानीय स्वास्थ्यकर्मी नारायण निरौलाले बुधबार बिहानै पेट्रोल भरे । बिर्तामोड तालिममा सहभागीहुन सहकर्मी सहित जानुपर्ने भएकोले पेट्रोल भर्न नजिकैको पम्पमा पुगेका निरौलाले कारमा पाँच हजार रुपैयाँको तेल हालेर निस्किए ।
बनियानी स्थित निजी क्लिनिकबाट चारालीहुँदै बिर्तामोड स्थित बिएण्डसी अस्पताल अगाडि करिब ४५ किलोमिटर पर नपुग्दै उनको कारको पिकअपमा समस्या देखियो । ‘तेल भरेर हिँड्नेबित्तिकै पहिले भन्दा कारको गति घट्दै गयो’ निरौलाले भने ‘केही किलोमिटरमा कारको पिकअप नै गयो ।’ तेल हालेर पनि कार नगुडे पछि निरौलाले बल्ल तल्ल बिर्तामोड स्थित हुण्डाई शोरुममा सम्पर्क गरेर चेकजाँच गर्न लगाउँदा प्राविधिकले कारमा पेट्रोल नभई डिजेल भरिएकोले नचलेको भन्दै प्रश्न गरे ।
निरौलाका अनुसार बुधबार बिहान सवा ८ बजेतिर पम्पमा पुग्दा मानिसहरु तेल भरिरहेका थिए ।तेह्रथुम ईन्टरप्राईजेजका सञ्चालक अजीम आलमलाई सम्पर्क गर्दा फोन नउठेपछि हामीले प्रत्यक्ष पम्पमै पुगेर घटनाक्रमबारे बुझ्ने प्रयास गरेका थियौं । पम्पका प्रबन्धक फिरयाज आलमले भनेनुसार ” नारायण सरबाट बिहानै ५ हजारको पेट्रोल हालिएको सत्य भएपनि कारमा डिजेल भरिएको खबर पाउनसाथ हामीले पम्पमा चेकजाँच गर्दा कुनै मिसावट नभेटिएको र उक्त पेट्रोल गाडीको ट्याङ्कीमा हाम्रो डिजेल पम्पको नोजल नछिर्ने जिकिर लिए “।
निरौलाका अनुसार “पम्पका कामदारको असावधानीका कारण कारमा डिजेल हालिएको हो ।घटनाबारे जानकारी गराएको छु उहाँहरु बिस्तृत बुझ्न बिर्तामोड आउने बताउनु भएको छ।यदि चित्त बुझ्दैन भने पम्पको र गाडी शोरुमको सिसिटिभी फुटेज हेर्दा प्रमाणित भईहाल्छ”।
पम्प सञ्चालकले डिपोमा गराएको जानकारी अनुसार मिसावट युक्त तेल पम्पमा परीक्षण गर्दा नभेटेपछि स्वयं हामी शोरुम पुगेपछि के कारणले यस्तो भयो प्रमाणित हुने बताएकाछन्। “निरोलाका अनुसार मेरो नयाँ कारको सम्पूर्ण मर्मत खर्च र पेट्रोल पम्पले ब्यहोर्नुपर्छ”।



















