नक्कली सुन देखाएर ठगी गर्ने पाँचजना पक्राउ

पक्राउ | ARREST

भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे–५ घर भई काठमाण्डौको मूलपानी बस्ने ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

यिनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई अहिले भक्तपुरको मध्यपुथिमि नगरपालिकामा बस्ने २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुपर्‍याे, बेचेर भागबन्डा गरौँला भनी प्रलोभनमा पारेर दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगेका प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

पैसा लिएपछि फरार भएकोमा उनीहरू अस्ती शुक्रवार र हिजो शनिवार बोडेबाट पक्राउ परेका थि

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *