Search
Close this search box.
Search
Close this search box.

२०८१ मा ३० दिन मात्रै सार्वजनिक विदा, दशैंमा ५ दिन विदा

सरकारले आगामी वर्ष ३० दिन मात्रै सार्वजनिक बिदा परेको छ । शनिवार बाहेक विभिन्न पर्व दिवस तथा जन्म जयन्तीका अवसरमा आगामी वर्ष (२०८१) ३० दिन मात्रै सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय गरेको हो ।

मन्त्रालयले निर्णय अनुसार वैशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा हुने छ ।

EPIC EPIC

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५३ दिन भने शनिवार बिदा हुनेछ । देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबै नागरिकका लागि आगामी वर्ष २०८० मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।

त्यस्तै आगामी वर्ष २०८० मा असोज २४ गते फूलपातीदेखि देखि २८ गते द्वादशीसम्म पाँच दिन दशैं बिदा रहेको छ । जसको बिचमा एक दिन शनिवार छ । कात्तिक १५ गते लक्ष्मीपूजादेखि १९ गतेसम्म पाँच दिन तिहार बिदा रहेको छ । जसको पनि बिचमा एक दिन शनिवार परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *