Search
Close this search box.
Search
Close this search box.

झापाको कन्काई पुलमा बस र ट्रक ठोक्किँदा केही यात्रु घाइते

सुरुङ्गा। पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक आज दिउँसो एकआपसमा ठोक्किएको छ । दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते भएका छन् ।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८५६ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३७२१ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

EPIC EPIC

दुर्घटनामा हुँदा दुवै सवारीसाधनको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । दुर्घटना कारण  कनकाई पुलमा  ट्राफिक जाम भएको छ । प्रहरीले जाम हटाउने काम गरिरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *