भोजपुर । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् सिटिइभीटि को ३६औँ स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाम स्थित भोजपुर बजारमा सुम्निमा बहु प्राविधिक शिक्षालयद्वारा आज प्रभात फेरी कार्यक्रम गरिएको छ ।
kansas state football uniforms kansas state football uniforms college football jerseys penn state football jersey aiyuk jersey penn state jersey kansas state football uniforms custom ohio state jersey drew allar jersey purdy jersey brandon aiyuk jersey aiyuk jersey justin jefferson lsu jersey johnny manziel jersey oregon football jerseys


दिवसको अवसरमा आज शिक्षालयको प्राङ्गण देखि सुरु भएको प्रभात फेरी कार्यक्रम देउराली चौक, भोजपुर नगरपालिकाको कार्यालय, चयाङमिनि चौक, जिरो प्वाइन्ट, टुँडिखेल, चार भन्ज्याङ चोक हुँदै सुम्निमा बहु प्राविधिक शिक्षालयको प्राङ्गणमा पुगेर मूल समारोहको कार्यक्रममा परिणत भएको थियो । विद्यार्थीहरूको हात हातमा प्राविधिक शिक्षा लाई दर्साउने विभिन्न नाराहरूको पोस्टर सहित प्राविधिक शिक्षामा नयाँ पुस्ताहरूलाई आकर्षण गराउने जानकारीमूलक सन्देशहरू सहित र्याली गरेको सुम्नीमा बहु प्राविधिक शिक्षालय भोजपुरका प्रमुख राजीव ठाकुरले बताउनुभयो । प्रभात फेरी कार्यक्रमलाई संशोधन गर्दै शिक्षालय प्रमुख ठाकुर ले देशको श्रम बजारलाई चाहिने निम्न तथा मध्यम स्तरको जनशक्ति उत्पादनमा सिटिइभीटि को महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनहरूमा श्रम बजार सँग हातेमालो गरी प्राविधिक शिक्षालाई अगाडि बढाउन पर्ने बताउनुभयो ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभीटिको ३६औँ वार्षिकोत्सव अन्तरगत फागुन १० गते प्रभात फेरी, फागुन ११ गते शिक्षालय वरिपरि सरसफाइ तथा फागुन १२ गते विभिन्न खेलकुद, अन्य कार्यक्रमहरू आयोजना गरी साँझ दीप प्रज्वलन गरी मनाउने कार्यक्रम रहेको शिक्षालय प्रमुख राजीव कुमार ठाकुर ले बताउनुभयो । राजीव कुमार ठाकुरको नेतृत्वमा भएको प्रभात फेरी कार्यक्रममा श्रीराम मिथिला बहु प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख नवीन चापागाईँ सहित दुई वटै शिक्षालयका प्रशिक्षकहरू, कर्मचारीहरू, सिभिल, वालि विज्ञान, पशु विज्ञान कार्यक्रममा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरुकाे सहभागिता रहेको थियो ।