Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा भेटिएको चितुवा बन्यो झापाकै पहिलो ‘ध्वाँसे चितुवा ’

झापा । केहिदिन अघि झापाको बुद्धशान्तिमा भेटिएको लोपोन्मुख प्रजातिमा पर्ने चितुवाले झापाकै पहिलो ध्वाँसे चितुवाको रुपमा रेकर्ड राखेको छ ।

बुद्धशान्ति गाउँपालिका होक्सेमा शनिवार बिहान साढे ७ बजे स्थानीयले ध्वाँसे चितुवा भेट्टाएको र खबर गरेको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताएका छन् ।

EPIC

करिव ३६ इन्च लम्बाई भएको चितुवालाई स्थानीयले घेरा हालेर समातेका थिए । बिरालोजस्तो देखिने चितुवा केही दिनदेखि गाउँघर नजिकै जंगलमा देखिन थालेपछि स्थानीयले पासो थापेर समातेको र त्यसपछि वनका कर्मचारी जिम्मा लगाएका हुन् ।

डिभिजन वन कार्यालय झापाका अनुसार नियन्त्रणमा लिएको चितुवालाई हाल कनकाई नगरपालिकास्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहभित्र प्रदेश सरकारले बनाएको वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्रमा राखिएको छ।

‘झापामा ध्वाँसे चितुवा पहिलो पटक भेटिएको हो,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘घना जंगल तथा चिसो मौसम बस्न रुचाउने ध्वाँसे चितुवा यसअघि झापामा भेटिएको रेकर्ड छैन।’ 

यो चितुवा अन्य चितुवाको तुलनामा बढी आक्रामकसँगै मांसहारी र ढाड भएको प्रजातिमा पर्छ। ध्वाँसे चितुवा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, मलेसिया, म्यानमार, थाइल्यान्ड, भियतनाम लगायत मुलुकमा पाइन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *