बिर्तामोड, २२ फागुन । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ ।
बिहान हल्दीबारी–४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त दुर्लभ पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।
वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयबासीको घरको भान्सामा पसेको थियो । स्थानीयबासीले चित्तल समातेर प्रहरी चौकी जलथलमा खबर गरेका थिए । प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको हो ।