काठमाडौं । सरकारले फागुन २५ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । अन्तराष्ट्रिय नारी दिवस र महासिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्था, बैंकसहितका कार्यालय बन्द रहने छन् । भोलि सेना दिवससमेत रहेको छ । सरकारले नारी दिवसमा हरेक वर्ष बिदा दिने गरेको छ ।