कुटि काट्ने मिसिन सर्ट हुँदा आगलागी, ३५ लाखको क्षति

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट अन्दाजी ३५ लाख बराबरको क्षति भएको छ ।

बुद्धशान्ति–२ गोपालडाँडाका ६२ वर्षीय शशिधर नेपालको घरमा कुटि काट्ने क्रममा बिद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट काठ र सिमेन्टले बनेको २ तले घर, घरभित्र राखेको नगद ३० हजार , सुन ९ तोला, चाँदी १२ तोला, टिभी १ थान, सखुवाको काठ ३० क्युफिट, विभिन्न फर्निचरको सामान, महत्त्वपूर्ण कागजपत्र, बिद्युत्को मिटर बक्स, कुटि काट्ने मेसिनलगायतका धनमाल जल्दा अन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

आगलागीबाट घरमा नै जोडिएको गाई गोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको ७ जनाको प्रहरी टोली, मेचीनगर र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *