महिला कैदीबन्दीलाई साडी र कुर्ता सुरुवाल वितरण

भद्रपुर । झापा कारागारका महिला कैदीबन्दीहरुलाई साडी र कुर्ता सुरुवाल वितरण गरेको छ । ११४ औं ‘अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस’ को अवसरमा लायन्स क्लब अफ बिर्तामोड लेडीले शुक्रबार बिहान एक संक्षिप्त कार्यक्रम गरी जेल जीवन बिताइरहेकी ९१ महिला कैदीबन्दीलाई साडी र कुर्ता सुरुवाल वितरण गरेको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओलीले आफ्नो छोरा नियम ओलीको जन्मदिनको अवसरमा आफ्नै खर्चमा संस्थाको नामबाट सो सामग्री वितरण गरेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँले महिला कैदीबन्दीको सीप, क्षमता र सकारात्मक सोचको विकासमा जोड दिनुपर्ने धारणा राखेकी थिइन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

लेडीकी अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्गीता चिमरियाले सञ्चालन गरेका थिए । आन्तरिक प्रशासन प्रमुख (चौकीदार) रिता राईले कारागारमै आएर सहयोग गर्नुहुने संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रममा भद्रपुर वडा नम्बर ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना, लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *