आज २६औं राष्ट्रिय भुकम्प दिवस मनाइँदै

‘स्थानीय श्रोत र प्रविधिको विस्तार गरि भुकम्पको क्षतिबाट बचौं’ भन्ने नाराका साथ आज २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । भुकम्प दिवस मनाउँदै गर्दा अहिलेपनि नेपाल उच्च भूकम्पीय जोखिमको देश हो । नेपाल भूकम्पीय जोखिममा रहेपनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । सरकारले भुकम्प जोखिम कम गर्नेतर्फ आवश्यक पूर्व गृहकार्य गरेको देखिएको छ । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको क्षति कम गर्न संरचना निर्माणमा कडाई गर्नु अत्यावश्यक छ । बैज्ञानिकहरूले जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नैपर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । २०७२ साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भुकम्पपछि नेपालीमाझ भुकम्पबाट बच्न पूर्व सतर्कताका उपायको खोजी सुरु भएको हो । त्यसअघि विक्रम सम्बत १९९० सालमा गएको भुकम्पले पनि जनधनको ठूलो क्षति गरेको थियो तर त्यसले भुकम्पविरुद्ध व्यापक सचेतनाको काम गर्न सकेको थिएन । दिवसको अवसरमा देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम आयोजना भैरहेका छन । नेपालमा २०७२ सालमा आएको भुकम्पपछि जनतामा केही जागरण अवश्य आएको छ । भुकम्पछि मापदण्ड अनुसारको घर निर्माण गर्ने क्रम बढेको छ । यद्यपि नेपाल अहिलेपनि भुकम्पीय जोखिमका हिसावले अत्यन्त जोखिममा पर्दछ ।

भुकम्प आएपनि त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । तथापि जनतामा आएको जागरणले पनि भुकम्पबाट बच्न सकिने आधारहरू तयार भएका छन । यसलाई पनि नेपालको हकमा सन्तोषजनक नै मान्नुपर्दछ । भुकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि प्राकृतिक सम्पदाहरू जोखिममा छन । तिनको समयमै पुनर्निर्माण सम्पन्न नहुँदा ऐतिहासिक धरोहरहरू ढल्ने अवस्थामा छन । अव ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम मन्त्रालय मातहत गएको छ । जेहोस सरकारले यस विषयमा अव फरक तरिकाले काम गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसो त भुकम्पको जोखिम अहिलेमात्रै होइन, भुकम्पबाट हुने जोखिमलाई न्यूनिकरण गर्न र त्यसबाट हुने जनधनको क्षति कम गर्ने उद्देश्यले २६ वर्ष अघिदेखि नै राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो 

EPIC EPIC EPIC EPIC EPIC EPIC

भुकम्प कहिले आउँछ भन्ने कुनै निश्चित छैन । तसर्थ त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेको भुकम्पवीदहरूले जनाएका छन । उनीहरूका अनुसार अहिलेपनि नेपालले भुकम्प आईहालेमा जोगिने उपायका लागि प्रभावकारी संयन्त्र निर्माण गरेको छैन । उही कमजोर व्यवस्थापनले भुकम्पको चुनौति कम हुन सक्दैन । विश्वका ठूला बैज्ञानिकहरूले नेपाल भुकम्पका कारण जोखिममा रहेको चेतावनी दिदै आएका छन । समयक्रमसंगै भुकम्पको सामना गर्नुपर्ने बाध्यता आईरहेको छ । नेपालले भुकम्पवाट बच्न त्यस किसिमको सुरक्षा व्यवस्था गर्न सकेको छैन । केवल नारामा मात्र दिवसको सार्थकता खोज्ने कामले औपचारिकता पाईरहेको छ । अझैपनि भुकम्पबाट बच्ने पूर्व तयारी, जोखिमबाट बच्ने उपाय र उद्धारका सामाग्रीहरूको व्यवस्था छैन । 

भुकम्प सुरक्षा दिवसकै अवसरमा सरकारले भुकम्प आईहालेमा पनि क्षति कम गराउने बिषयमा गंभीर ढंगले सचेतनाका काम गर्नु जरुरी छ । जेहोस २०७२ सालको भुकम्पले नेपाली जनतामा भुकम्पप्रतिको चेतमा बृद्धि गरिदिएको छ । आगामी दिनमा भुकम्पबाट बच्ने बिषयमा पूर्व सावधानीको उपायको प्रयोगमा जोड दिनु उत्तिकै जरुरी छ । भुकम्प दिवस मनाएर औपचारिकता पूरा गर्ने भन्दा पनि भुकम्पबाट सकेसम्म कम भन्दा कम मानवीय क्षति हुनेतर्फ नेपालले प्रयास गर्नुपर्दछ । त्यो भनेको भुकम्प प्रतिरोधी घर निर्माण र भुकम्प आईहालेमा बच्ने उपायको बिषयमा समुदायलाई सचेत बनाउनेतर्फ प्रयास गर्नुपर्दछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *