Search
Close this search box.
Search
Close this search box.

भागिरथा बुद्धशान्ति अस्पताल नयाँ भवनबाट सञ्चालनमा आउने

बुधबारे । बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा निर्माण सम्पन्न भागिरथा बुद्धशान्ति अस्पतालको एक कार्यक्रमका बिच शुभसाईत गरिएको छ । बिधिवत रुपमा शुक्रबार पुजापाठ गरी सुभ साइत गरिएको अस्पतालबाट चाँडै सेवा सुचारु हुने बताइएको छ ।

अस्पताल निर्माण भए पनि नामाङ्करणमा समस्या भएको बताउँदै स्वास्थ्य बिमा पादर्शी बनाउँदै चौविसै घन्टा सेवा सहित बर्थिङ सेन्टर स्थापनाका लागि पहल गरिने बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादबले बताएका छन् । भागिरथा बुद्धशान्ति अस्पताल निर्माणका लागि बहु वर्षे ठेक्का बाट काम भएको बताइएको छ ।

EPIC

अस्पताल कहाँ निर्माण गर्ने भन्ने बारेमा सुरु सुरुमा अन्योल सिर्जना भए पनि दाताले सर्त अनुसार जग्गा दिएको ठाउँ विधिवत रुपमा शुभसाईत गरिएको गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले बताए ।

३ वटा जिल्लाको निकास हुने मेची राजमार्गको नजिकै निर्माण भएको १० वेड क्षमताको अस्पताल सन्चालनमा आउँदा झापा इलाम पाचथर ताप्लेजुङ विभिन्न जिल्लाका नागरिकलाई समेत सेवा पुन्ने देखिएको छ ।

गाउँपालिका परिसरमा रहेको अस्पताललाई स्थानान्तरण गरेर निकट भबिश्यमा नवनिर्मित भवन बाट सेवा सुरु गरिने बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईले बताए।

शुभसाईत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकुत विनोद पोख्रेल, वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *