बुधबारे । पछिल्लो समय समाजमा जटिल रुपमा बढिरहेको लागूऔषध दुव्र्यसन र साइबर अपराधबाट धेरै युवायुवतीलाई नकारात्मक असर पारिरहेको अवस्था छ । यसबाट स्वयम् व्यक्ति ,परिवार, समाज र सिङ्गो राष्ट्र लाई नै असर पारिरहेको छ। यसै सन्दर्भमा बुद्धशान्ति गाउँपालिका संगको समन्वयमा सेम्पल एजुकेसन एण्ड टेक्निकल इन्स्टिच्युड बुद्धशान्ति १ झापाको आयोजनामा बुद्धआदर्श माविका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुमा लागु औषध दुर्ब्यसन र साइबर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
सेम्पल एजुकेसनका संचालक उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बुद्ध आदर्श माविका ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको विशिष्ट आतिथ्य ,विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा अग्रज शिक्षक टिकाराम खवास , शिक्षासेवी देबेन्द्र निरौला ,सामाजिक ब्यक्तित्वहरु राम जंग क्षेत्री ,प्रकाश शेर्मा ,संचारकर्मी लगायत बुद्ध आदर्श माविका कक्षा ११ मा अध्ययनरत विद्यार्थी ,सेम्पल एजुकेसनका प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागिता बिच सचेतना कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई इलाका प्रहरी कार्यालय धुलाबारी मार्फत आएका सहजकर्ता ऋषि निरौला र तारा चौधरीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा संचालक उमेश भट्टराईले स्वागत एवम् कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको संचालन सेम्पल एजुकेसनका सल्लाहकार गोकुल पौडेलले गरेका थिए ।