बलात्कारपछि महिलाको मलद्वारमा मकैको ढोड हालेको आरोपमा ३५ वर्षीय युवक पक्राउ

महिलालाई जबर्जस्ती करणी गरी मरणासन्त बनाएको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

घटना पश्चात् फरार रहेका सर्लाहीकै बसवरिया ३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

उनलाई सर्लाहीकै बागमती नगरपालिका ४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

उनले यही जेठ १३ गते बिहान बागमती ४ जिरायतस्थित डाँडा टोलबाट नयाँ बस्ती आवत जावत गर्ने कच्ची सडकको छेउमा करिव ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी मरणासन्न बनाएका प्रहरीले जनाएको छ। 

बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर उनी फरार भएका थिए। 

स्थानीयले अचेत अवस्थामा ती महिलालाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। ती महिलाको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो। 

घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा प्राप्त प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको इन्सपेक्टर गिरीले बताए। उनलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *