Search
Close this search box.
Search
Close this search box.

नेपालको २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि

नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९ / ८०) को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको पाइएको हो । 

नेपालमा ६५ प्रतिशत मजदुर/श्रमिकले दैनिक ज्यालादारीमा काम गर्ने गरेको पाइएको छ । प्रतिवेदनको मुख्य अंश गरिबीको तथ्याङ्क गत माघमै सार्वजनिक भएको थियो । गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गीकरण गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । 

EPIC EPIC

‘गरिबीको रेखाअनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । गरिबीको दर सहरी क्षेत्र १८.३४ को तुलनामा ग्रामीण क्षेत्रमा धेरै २४.६६ रहेको देखिन्छ’, सार्वजनिक तथ्याङ्कमा भनिएको छ ।

Nabil bank

त्यस्तै तथ्यांकअनुसार नेपालमा अझै पनि ६४.९ प्रतिशत श्रमिक वा मजदुरले दैनिक ज्यालादारीमा आफ्नो पारिश्रमिक बुझ्ने गरेको पाइएको छ । यसो हुनुमा एकातिर अर्थतन्त्रको ठुलो क्षेत्र अझैपनि अनौपचारिक रहनु र अर्को कृषिमा आधारित फर्म र काम धेरै हुनु मुख्य कारण मानिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *