आँप टिप्दा करेन्ट लागेर किशोरको मृत्यु

धनगढी । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ ।

शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको बताए ।

उनका अनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *