Search
Close this search box.
Search
Close this search box.

मोरङमा चट्याङले लागेर एक किशोरीको मृत्यु

मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ।  अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया बिपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर बिपना गम्भीर घाइते भएकी थिइन्।

चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। 

EPIC EPIC

त्यस्तै, धनपालथान गाउँपालिका -७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। रामा केवरतको घरमा बिहान ४:३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्ण रूपमा जलेको छ। घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *