हज गएका ११ सय यात्रीले गुमाए ज्यान

हजका क्रममा यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ। साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए ।  

बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१  जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये ६३० दर्ता नगरिएका तीर्थयात्री छन्। इस्लामिक क्यालेण्डरद्वारा निर्धारित समयमा गरिने हज यो वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो।  

EPIC EPIC EPIC EPIC EPIC

राष्ट्रिय मौसम विज्ञान केन्द्रले यो हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरेको थियो। गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यो क्षेत्रको तापक्रम प्रत्येक दशकमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीआधिकारिक अनुमतिको शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन्। साउदीका अधिकारीहरूका अनुसार यस महिनाको शुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार शुरु भएको मुख्य कार्यक्रममा दर्ताविनै भाग लिएको देखिएको छ। 

अधिकारीहरूले आधिकारिक अनुमतिविना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा गर्मीको जोखिम बढी भएको बताए। इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीको मृत्यु भएको बताएका छन्। 

इजिप्ट बाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु भएको बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *