कटुवा पेस्तोलसहित बिर्तामोडबाट पराजुली पक्राउ

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ फक्तालुङ (सिरान) टोलबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षिय सुरेश पराजुली रहेका छन् । 

सुरेशले बुधवार साँझ ७ बजेको समयमा आफ्नै भाउजु गिता पराजुलीसँग झै–झगडा तथा बादबिबाद गरी रहेको जानकारी प्राप्त हुना साथ प्रहरी टोली सो स्थानमा पुगेको थियो । 

EPIC EPIC EPIC

सुरेशको घरमा अवैध हतियार समेत रहेको घर कोठालगायत आसपासको क्षेत्रमा लुकाई छिपाई  राखिएको अवस्थाको बिड सहितको पुरा लम्बाई १० इन्च रहेको कटुवा पेस्तोल एक थान फेला परेको प्रहरीले जनाएको छ । 

उक्त कटुवा पेस्तोल बरामद गरी सुरेशलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च