भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ गतेसम्म खोल्ने जानकारी दिएको हो।

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने हुदाँ सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ। महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्याँस गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नागरिकलाई नदी किनारमा नजान अनुरोध गरिएको हो।

EPIC EPIC EPIC

बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सहज भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च