झापा । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार राति मेचीनगर–६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपालतर्फ आउँदैको अवस्थामा बिर्तामोड नगरपालिका–७ का ३३ वर्षीय सुरज लामा र बिर्तामोड–५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
को २५ प २४४५ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागेर चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















