चितवन। रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवामा रहेको स्मार्ट फुट एण्ड स्न्याक्स (चाउचाउ फ्याक्ट्री)को दोश्रो तलाबाट लडेर एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा रत्ननगर -१४ पिठुवाका वर्ष ५५ का बल बहादुर गुरुङ छन् ।
घटना हिजो मंगलबार बिहान ११:५० को समयमा भएको हो ।फ्याक्ट्रीको कार्यालयमा बिजुलीको काम गर्ने क्रममा एक्कासी दूईतला माथीबाट भुईमा खसेका गुरुङको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि स्थानिय बकुलहर अस्पताल टांडी लगिएको थियो ।
उनको उपचारको क्रममा झन्डै १२:१५ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।



















