Search
Close this search box.
Search
Close this search box.

कोरियाको भिएफएस” ठगीमा ८ जना पक्राउ

काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको छ।

अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएको सीआईबीले जनाएको छ।

EPIC EPIC

सीआईबीले भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामालाई पक्राउ गरेको हो। छन् । दुई जनाको पहिचान भने सीआईबीले खुलाएको छैन।

पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गरेर अन्तर्वार्ताका लागि डेट नपाउनेलाई उनीहरूले प्रतिव्यक्ति ३० हजारका दरले बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनापछि दूतावासले सीआईबीलाई जानकारी गराउँदा यस्तो रहस्य खुलेको हो। 

पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *