Search
Close this search box.
Search
Close this search box.

रास्वपाका मुुकुल ढकाल निलम्बित, कबिन्द्र बुर्लाकाेटी बने कार्यबाहक महामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ।

महामन्त्री मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो।  कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।

EPIC EPIC

पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई एक साताका लागि निलम्बन गरेको हो। पार्टी अनुशासनविपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको एक रास्वपा नेताले बताए। अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेपछि उनी निलम्बित भएका हुन्।

बैठकबाहिर निस्केर मिडियासँग पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले ढकालमाथि कारबाही गरेको ती नेताकाे भनाइ छ। महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालकाे विराेध गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *