झापाका दुई निर्माण कम्पनीसहित २३ निर्माण कम्पनीको लाइसेन्स खारेज

सरकारले झण्डै दुई दर्जन निर्माण कम्पनीको लाइसेन्स खारेज गरेको छ । झापाको दुई कन्स्ट्रक्सनसहित देशभरका विभिन्न २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरेको हो । सार्वजनिक निर्माण कार्यका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष ०८०/८१ का लागि २०८० चैतसम्म इजाजतपत्र नवीकरण नगरेपछि इजाजतपत्र स्वतः खारेज भएको हो । लाइसेन्स खारेज हुनेमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि (ललितपुर), भूमि इन्फ्रास्ट्रक्चर प्रालि (मोरङ) र मदन कन्स्ट्रक्सन प्रालि (धनकुटा) रहेका छन् ।

त्यस्तै, असन बालकुमारी कन्स्ट्रक्सन (काठमाडौं), ढोफिर्दी निर्माण सेवा (तनहुँ), दि राइजिङ कन्स्ट्रक्सन (पोखरा), सिरोहिया कन्स्ट्रक्सन (धनुषा), त्रिशूल निर्माण सेवा (दमक), श्रीजंगा निर्माण सेवा (पाँचथर), घण्टेश्वर निर्माण सेवा प्रालि (डडेल्धुरा), नौला मालिका निर्माण सेवा (जाजरकोट), ठोसे केआर निर्माण सेवा (काठमाडौं), एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन प्रालि (झापा), रूपाली कन्स्ट्रक्सन (अछाम) र रुद्रकुमार कक्षपती निर्माण सेवा (प्युठान) को पनि लाइसेन्स खारेज भएको छ । त्यसैगरी सिन्धुलीको ई. मरिण ठाकुर निर्माण सेवा, काठमाडौंको विकन कम्पनी प्रालि, भक्तपुरको आर कोमल कन्स्ट्रक्सन, बर्दियाको अमन कन्स्ट्रक्सन, संखुवासभाको राधाकृष्ण निर्माण सेवा र काठमाडौंकै पवित्र मल्टिपल कन्स्ट्रक्सन तथा फ्लोरिडा कन्स्ट्रक्सन प्रालि रहेका मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च