काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वदेखि पश्चिमसम्मै सरदर स्थानको उत्तरमा अवस्थित छ।
सोही कारण आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।। कोशी, वागमती, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।