त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न आजबाट ठुलो चुम्बक प्रयोग गरिँदै

काठमाडौं । शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट लेदोसहितको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शुक्रबार र शनिबार दिनभर खोजी गर्दा फेला नपरेपछि आज आइतबार पनि बिहानैदेखि खोजी कार्य सुरु गरिने भएको हो ।

EPIC EPIC EPIC

खोजी कार्यको लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेका छन् । दुई बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर खोजी गरिने जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी जानकारी दिएको हो ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।

बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा तीनवटा शव भेटिएकोमा दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च