हल्दिबारीमा उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा

हल्दिबारी। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेका छन्। एक कार्यक्रममा बोल्दै, उनले यस आर्थिक वर्षदेखि प्रत्येक वडा बाट एक जना उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गरिने बताए।

उद्योगहरूको अभावमा कृषि उत्पादन बढाउन जोड दिँदै, अध्यक्ष लिङदेनले कृषकहरूको मेहनतको महत्वलाई विशेष जोड दिए। हल्दिबारी गाउँपालिकाका अधिकांश मानिसहरूले कृषि पेशा अंगालेका छन्। तोरी पकेट, आलु पकेट, तरकारी पकेट, मत्स्य पकेट, र वाख्रा पकेट कार्यक्रमहरूबाट किसानहरू लाभान्वित भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै, अध्यक्ष लिङदेनले निशुल्क सामग्री प्रदान गर्दा त्यसको अवमूल्यन हुने भएकाले लागत साझेदारी अवधारणा अनुसार सामग्री प्रदान गरिएको जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *