झापामा चालकलाई बेहोस बनाएर स्कुटर लुटपाट

हल्दिवारी – एक अपरिचित व्यक्तिले स्कुटर चालकलाई बेहोस बनाई स्कुटर लुटेर लगेका छन्। घटनामा मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठको प्रदेश न.१–०१–०१५प–३४४८ नम्बरको स्कुटर लुटिएको हो।

पीडित पुजन श्रेष्ठका अनुसार, उनी बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय भद्रपुर गएका थिए। त्यहीँ भेटिएका विनोद राजवंशी बताउने व्यक्तिले आफूलाई पनि नागरिकताको प्रतिलिपि बनाउन आएको बताउँदै लिफ्ट मागेका थिए। अपरान्ह ४ बजेतिर घर नजिकै जाने काम परेको भन्दै ती व्यक्तिले श्रेष्ठसँग चावी मागेर स्कुटर कुदाएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

भेलागुडी जंगलमा पुगेपछि, उक्त व्यक्तिले आफ्ना दुईजना साथी बोलाएर श्रेष्ठलाई लछारपछार गर्दै कुटपिट गरे र अनुहारमा स्प्रे छर्केर बेहोस बनाए। स्कुटर लुटेरका ती व्यक्तिहरूले घटनास्थलबाट फरार भएका थिए।

पीडित श्रेष्ठकी भाउजु अम्बिका भण्डारीका अनुसार, घाइते र बेहोस अवस्थामा रहेका श्रेष्ठ राति पौने २ बजेतिर मात्र घर पुगेका थिए। परिवारले हुलियासहित स्कुटर लुट्नेहरूको खोजी गरी कार्वाही गर्न प्रहरीलाई उजुरी दिएको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *