झापा। झापाको मेचीनगरबाट प्रहरीले अवैध रुपमा भारततर्फ लाँदै गरेको चार सय केजी सुपारी नियन्त्रणमा लिएको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ हुँदै नेपालबाट भारततर्फ भन्सार छलेर लुकाई छिपाई लाँदै गरेको चार सय केजी सुपारी बरामद गरेको हो।
बरामद गरिएको सुपारीको मूल्य २ लाख ८० हजार रहेको छ। नियन्त्रणमा लिइएको सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।