नगर प्रमुखद्वारा हिन्दु परम्पराअनुसार कुकुरको अन्त्येष्टि

सप्तरी। कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले आफ्नो पालेको कुकुरको मृत्युपछि हिन्दु परम्पराअनुसार काजकिरिया गरेर सबैलाई अचम्मित पारेका छन्।

गुप्ता परिवारले सात वर्षदेखि घरमा सन्तानझैं पालन पोषण गरी हुर्काएका स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी शनिबार अकस्मात बिरामी परेपछि मेयर गुप्ताले लगभग १५ हजार रुपैयाँ खर्चेर स्थानीय पशु स्वास्थ्य उपचार केन्द्रमा उपचार गराए। तर, उपचारकै क्रममा आइतबार क्विटीको मृत्यु भयो।

EPIC EPIC EPIC EPIC EPIC

कुकुरको मृत्युपछि आइतबार नै मेयर गुप्ताले कोशी किनारमा लगेर हिन्दु रीतिरिवाज अनुसार अन्त्येष्टी गरेका छन्। श्रीमती, छोरा, र छोरीझैं माया गर्ने कुकुर मरेपछि शोकमा परेका उनले तीन दिनसम्म घरमा खाना पनि नपाक्ने बताए।

गुप्ता परिवारले घरका सदस्यझैं नजिक ठानेको कुकुरको मानवझैं मृत्यु संस्कार गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको र जनावरलाई पनि सबैले मानवझैं माया र व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *