भेदभाव

भगवान को सुन्दर रचना सृष्टि,
त्यसमा अझै मानवमा कृपा र दृष्टि,
सर्जकको आदेश जाउ रमाउ र खाऊ,
भनेनन् प्रभुले गएर धर्म र जात बनाउ!

कुन सन्कीले स्वार्थमा भुलेर थाल्यो,
भेदभाव छुवाछुतको समाजमा आगो बाल्यो,
ईश्वरका सन्तान मानिस सबै एक,
त्यही ईश्वरलाई पुज्ने हक, खोस्ने बहाना अनेक!

EPIC EPIC EPIC EPIC EPIC

दलितले नै बनाएको मूर्ति राख्ने घरमा,
प्रवेश निषेध रे, अन्याय पापको कहाँ छ र समाज नरमा,
पशु सरह व्यवहार लिखित खोस्टाकै भरमा,
कता जाँदैछ के हुँदैछ बुद्धिजीवी सभ्य सहरमा!

जातकै कारण प्रेम गर्दा कुट्छन् मार्छन्,
बलात्कार उसैलाई गर्छन् जसको हातको पानी बार्छन्,
रुकुम जाजरकोट घटना नदोहोरियोस् सरकारले जिम्मा लिनु पर्छ,
नरसंहार गर्ने पिचासहरूलाई फाँसी दिनुपर्छ!

बलात्कृत छोरी मारिएको छोरालाई न्याय दिलाउने हार,
आन्दोलन अनशन पावर पैसा कहिले सम्म सरकार??
तुच्छ सोचका जनावरहरूलाई मान्छे बनाउने ज्ञान,
मानवता एउटै धर्म र जात, मनुष्य सबै मान!

सबैजना लागी परौँ आफैँबाट सुरुवात गरौँ,
दास सती प्रथा जातीय विभेद अन्त्य गरौँ,
मानिसले नै बनाएको चलाएको चलन सारा,
जातीय बिभेद अन्त्य गरौँ भन्ने आजको नारा!!

नम्रता बराल

धन्यवाद.


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
8
+1
0
+1
26
+1
2
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

0 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *