Search
Close this search box.
Search
Close this search box.

नेपाल उत्पीडित जातीय मुक्ति समाज कचनकवलको अध्यक्षमा खड्ग गन्धर्व चयन 

कचनकवल। नेकपा (एमाले)को जनवादी संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कचनकवल गाउँपालिका कमिटीको तेस्रो गाउँ अधिवेशन बुधबार सम्पन्न भएको छ। “सम्पूर्ण उत्पीडित समुदाय एक हौं” भन्ने मूल नारासहित कचनकवल २ स्थित गन्धर्व भवनमा आयोजित अधिवेशनबाट खड्ग गन्धर्व अध्यक्षमा चयन भएका छन्। 

अधिवेशनले समाजका अन्य पदाधिकारीहरू पनि चयन गरेको छ। उपाध्यक्षमा फूलमाया कर्मकार, सचिवमा बिना ठटाल, सहसचिव दीपक त्रीखत्री, र कोषाध्यक्षमा संगिता गन्धर्व चयन भएका छन्। साथै, सदस्यहरूमा सृजना गन्धर्व, प्रतिमान दर्नाल, बुदे कर्मकार, र नेत्रकुमार गन्धर्व चयन भएका छन्। बाँकी दुई सदस्यलाई समाजको पहिलो बैठकबाट चयन गरिने निर्णय भएको छ। 

EPIC EPIC EPIC

कार्यक्रममा प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष खेम नेपाली रहेका थिए। अन्य विशिष्ट अतिथिहरूमा समाजका केन्द्रीय सचिव सोम पोर्तेल, नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य बसन्त बानियाँ, मुक्ति समाज केन्द्रीय सदस्य गोपाल लुवागुन, मुक्ति समाज प्रदेश सचिवालय सदस्य रबिन गन्धर्व, मुक्ति समाज झापा जिल्ला सचिव गोपाल लकान्द्री, मुक्ति समाज झापा जिल्ला कोषाध्यक्ष मणि कुमार शंकर, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, नेकपा (एमाले) कचनकवल गाउँपालिका कमिटी अध्यक्ष कुलबहादुर कार्की, र राष्ट्रिय युवा संघ झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन मुक्ति समाज झापा जिल्ला सचिवालय सदस्य जीवन ठटालले गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि खेम नेपालीले भने, “यो अभियान अन्तर्गत समाजले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने बताए। उनले भने “यसको माध्यमबाट समुदायमा चेतना अभिवृद्धि गर्दै उत्पीडित जातिहरूको अवस्था सुधार गर्न तल्लीन रहने छ।” साथै उनले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यालालाको शुभकामना दिएका छन् ।

कार्यक्रममा स्थानीय नेताहरू, सामाजिक कार्यकर्ता, र समुदायका सदस्यहरूको उत्साहजनक उपस्थिति थियो। समाजले आगामी महिनाहरूमा थप ठूला कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। साथै, समाजले स्थानीय र राष्ट्रिय स्तरमा सहयोग र समर्थनको अपिल गर्दै उत्पीडित जातिहरूको अधिकारका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *