Search
Close this search box.
Search
Close this search box.

एम्बीसन एकाडेमीमा खेलाडीलाई सम्मान, खुसीलाई दशसम्म पढ्न पूर्ण छात्रवृत्ति दिने

बुधबारे(पालिका सन्देश) । एम्बीसन एकाडेमी बुद्धशान्ति २ जयपुरले एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको छ । मलेसियाको क्वालालाम्पुरमा सम्पन्न १६ राष्ट्रका खेलाडीहरू सम्मिलित अन्तराष्ट्रिय हिरो कपमा दुईवटा स्वर्ण पदक जित्न सफल खेलाडी सोही विद्यालयमा अध्यननरत बुद्धशानित जयपुर निवासी खुसी गौतम सहित प्रशिक्षक, अन्तराष्ट्रिय खेलाडी तथा रेफ्री चन्द्रप्रसाद गौतम, रेश्मा भुजेल र टीम मेनेजर गंगा गौतमलाई सम्मान गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्ली ओलीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय सामाजिक व्यक्ति नेत्र प्रसाद गौतम, धु्रर्बकुमार ओली, मदन प्रसाईं , प्रशिक्षक लोकेश राई, गंगा आचार्य, सेमन्त पोखरेल, विद्यालयका प्रिन्सिपल इन्द्र राई लगायतको आतिथ्यता रहेको थियो ।

EPIC EPIC

विद्यालयका प्रबन्ध निर्देशक दिपेन सिटौलाले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन छात्रा नेहारिका आचार्यले गरेकी थिइन्। सम्मान कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्षमार ओली, समाजसेवी नेत्र प्रसाद गौतम, चन्द्र गौतम लगायतले विद्यालयको तथा खेलाडीहरूको प्रसंशा गरेका थिए।

सोही अवसरमा विद्यालयले बहु प्रतिभाशाली छात्रा खुसी गौतमलाई कक्षा १० सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरेको छ। कार्यक्रमलाई विद्यार्थीहरुको आकर्षक नृत्य तथा गायनले अझ मनमोहक बनाएको थियो भने शिक्षक यमनकुमार दनुवारले खेलाडीहरूको सम्मानमा श्लोक तथा कविता बाचन गरेका थिए। कार्यक्रमको विषयमा बोल्दै संस्थापक हेम सिटौलाले खुसी गौतम लगायत सम्पूर्ण सम्मानित खेलाडीहरूको बुद्धशान्ति लगायत देशकै इज्जत बढाएकोमा खुसी प्रकट गर्दै यस्ता कार्यक्रमले खेलाडीहरूलाई हौसला प्रदान गरी भविष्यमा थप सफलता तर्फ अग्रसर गराउने कुरा बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *