Search
Close this search box.
Search
Close this search box.

दिपज्योति सामुदायिक बनको टोल निर्वाचनमा हरि थाम्सुहाङ र पूर्णमाया सेलिङ निर्वाचित

कचनकवल। कचनकवल ७, साबिक बालुबाडी ३ अन्तर्गत पर्ने दिपज्योति सामुदायिक बनमा रोकिएको प्रतिनिधि छनोटको प्रक्रिया पुनः सुरु भएको छ। निर्वाचन समितिद्वारा आजदेखि सुरु भएको यस प्रक्रियामा टोल नं १ मा उम्मेदवारी दर्ता बिहान ८ बजेदेखि ११ बजे सम्मको समय तोकिएको थियो। 

निर्वाचन समितिका अनुसार तोकिएको समय भित्र पाँचजना उम्मेदवारले उम्मेदवारी दिएका थिए। उम्मेदवारले प्रस्तावक र समर्थकहरू लिएर निर्वाचन कार्यालय पुगेका थिए। पुरुषतर्फ पूर्णहाङ राईको प्रस्तावकमा ओम बहादुर तामाङ र समर्थकमा डिक बहादुर तामाङ रहेका थिए। लक्ष्मण राईको प्रस्तावकमा पदम पौड्याल र समर्थकमा केदार नाथ घिमिरे थिए। त्यस्तै, हरि थाम्सुहाङको प्रस्तावकमा याम प्रसाद सेलिङ र समर्थकमा बिरेन राई रहेका थिए। गौरी राईको प्रस्तावकमा बुद्ध बहादुर तामाङ र समर्थकमा दिलिप लिम्बू रहेका थिए। 

EPIC EPIC EPIC

महिलातर्फ पूर्ण माया सेलिङको प्रस्तावकमा रुद्र उप्रेती र समर्थकमा मदन कुमार घिमिरे थिए। निर्वाचन समितिले दाबी विरोधका लागि समय उपलब्ध गराए पनि कुनै पनि दाबी विरोध दर्ता भएन। त्यसपछि, उम्मेदवार फिर्ता लिन चाहेमा समय उपलब्ध गराइएको थियो। जसमा तीन उम्मेदवार लक्ष्मण राई, पूर्णहाङ राई र गौरी राईले उम्मेदवारी फिर्ता लिएका थिए।

निर्वाचन समितिका संयोजक चेत राज भट्टराईले बाँकी रहेका दुई उम्मेदवार पुरुषतर्फ हरि थाम्सुहाङ र महिलातर्फ पूर्ण माया सेलिङलाई निर्वाचित भएको घोषणा गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *